bhuwaneswari
Attariya Hospital Pvt.Ltd.

यकिन तथ्याङ्क नहुँदा आधारभूत अधिकार माग गर्न समस्या

padma
milan sunchadi

अत्तरिया – कञ्चनपुरको बेलौरी नगरपालिकाकी १९ वर्षीय आकृति चौधरी तेस्रोलिङ्गी महिला हुन् । घरपरिवार र समाजले छोरा ठान्दै आएको भएपनि आकृतिमा महिलाको भावना छ । उनी महिलाकै पहिरन लगाउन,संगत गर्न मन पराउँछिन् । उनी आफुलाई तेस्रोलिङ्गी महिला बताउँछिन् तर नागरिकता पुरुष भनेर लिएकी छिन् । अर्थात आफुलाई तेस्रोलिङ्गी महिला बताउने आकृति राज्यको तथ्याङ्कमा पुरुष भनेर गणना भएकी छिन् ।

त्यस्तै बेलौरीकै रामकृष्णा चौधरी (परिवर्तित नाम) पनि तेस्रोलिङ्गी महिला हुन् । २५ वर्षीया रामकृष्णाले पनि पुरुष भनेरै नागरिकता लिएकी छिन् । आकृति र रामकृष्णा यौनिक तथा लैङ्गिक अल्पसंङ्ख्यक समुदायमा पर्ने तर आफ्नो पहिचान अनुसारको नागरिकताको प्रमाणपत्र नपाएका,नलिएका केहि उदाहरण मात्रै हुन् । यस्ता हजारौँ व्यक्तिहरु छन् जस्ले आफ्नो पहिचान बमोजिमको नागरिकता पाएका छैनन् ।

आकृति र रामकृष्णाले आफ्नो पहिचान बमोजिमको नागरिकता नलिनु,नपाउनुका थुप्रै कारण छन् । जसमध्य पहलिो त पारिवारिक र सामाजिक भय नै हो । “परिवार र समाजले जुन पहिचान दिएको छ त्यसैको आधारमा नागरिकता लिए,नागरिकता लिने बेलामा आफुलाई धेरै कुरा थाहा पनि थिएन्,त्यतिबेला उमेर पनि सानै भएकोले म यो समुदायमा पर्छु यो नागरिकता लिन्छु भन्नसक्ने अवस्था नै थिएन,् रामकृष्णाले भनिन् ।” पहिचान बमोजिमको नागरिकता लिँदाको झन्झटीलो प्रक्रिया र आमाले आफुलाई गरेको अनुरोधमा आफुले पुरुषको नागरिकता लिएको आकृतिको भनाई छ ।

Siddi ganesh

“आमाले तेरो मन जे जस्तो भएपनि मेरो लागि त तँ छोरो नै होस् भन्नुहुन्छ आकृतिले भनिन्,त्यस्तो सोच्ने आमाको अगाडि मैले हैन म तेस्रोलिङ्गी महिला भनेर नागकिरता लिन्छु भनेर आमाको दुखाउन सकिन ।” त्यस्तै छोराको नामबाट नागरिकता लिँदा अंश पाउन सजिलो होस् भन्ने उदेश्यले पनि छोरा भनेरै नागरिकता दिलाउन खोज्ने आकृति र रामकृष्णाको अनुभव छ । त्यस्तै लोकसेवा लड्न नपाईने,आफ्नै जिद्विले काम गरे घर परिवारबाट टाढा भईने हो की भन्ने डरले पनि पुरुष भनेरै नागरिकता लिनु परेको उनीहरु बताँउछन् ।

यसरी विविध कठिनाइका कारण यौनिक तथा लैङ्गिक अल्पसंङ्ख्यक समुदायमा पर्ने व्यक्तिहरुले पहिचान बमोजिमको नागरिकता प्रमाणपत्र नपाउँदा सहि तथ्याङ्क निकाल्न नै समस्या भईरहेको सुदूरपश्चिम समाजकी अध्यक्ष करुणा नेपालले बताईन् । उनका अनुसार सुदूरपश्चिम समाजको कार्यक्षेत्र रहेको कैलालीमा करिब तीन हजार र कञ्चनपुरमा एक हजार पाँच सय गरी करिब चार हजार पाँच सयको सङ्ख्यामा यौनिक तथा लैङ्गिक अल्पसंङ्ख्यक समुदायका व्यक्तिहरु रहेका छन् । तर कैलालीबाट हालसम्म अन्यको कोटाबाट ४ जनाले मात्रै नागरिकता लिएको तथ्याङ्क जिल्ला प्रशासन कार्यालय कैलालीसंग छ ।

वास्तवीकता एउटा र तथ्याङ्क अर्कै हुँदा आधारभूत अधिकार माग गर्न समेत समस्या भईरहेको करुणाको भनाई छ । “स्थानीय तह लगायतका निकायमा प्रपोजल,योजना लगेर गयो भने कति जना छ यो समुदायको सङ्ख्या? भनेर सोध्छन् यकिन तथ्याङ्क कसरी भन्नु?जिल्लामा त नागरिकता लिँदा समस्या हुने भएकोले लिएका छैनन् तर पनि यति जना छौँ भन्न पनि सकिन्छ तर पालिकागत सङ्ख्या नभएर पनि अझै समस्या भएको छ ।”उनले भनिन् ।

उसो त करुणा आफैले पनि पहिचान बमोजिमको नागरिकता पाउन सकेकी छैनन् । आकृति र रामकृष्णाले जस्तै करुणाले पनि त्यतिबेला आमाबुवाले भनेकै आधारमा नागरिकता लिएकी थिईन् । सुदूरपश्चिम समाजसंग जोडिएको ५÷६ वर्षपछी मात्रै खुलेर हिँड्न थालेकी उनी निश्चित कानुन नभएकै कारण अहिले चाहेर समेत नागरिकता परिवर्तन गर्न नसकेको बताउँछिन् ।

Nawadurga
sudur last
Leave A Reply

Your email address will not be published.