अत्तरिया – अछाम वैजनाथ सेवा समाज कैलालीको अध्यक्षमा पुनः कर्ण सिंह बोहरा चयन भएका छन् । अत्तरिया आज सम्पन्न भएको प्रथम साधारणसभाले बोहरालाई पुनः अध्यक्षमा चयन गरेको हो ।
त्यस्तै पदाधिकारीहरु उपाध्यक्षमा फकिर सिंह बोहरा,सचिबमा जिवन कुमार शाह,सह सचिबमा पदम बहादुर रावल र कोषाध्यक्षमा पवन देवि रावल पनि दोहोरिएका छन् ।
समाजका १४ जना सदस्यहरुमा गम बहादुर मिजार,धन बहादुर खत्री,जंग बहादुर सुनार,चक्र बहादुर बोगटी,चन्द्रा कुँवर र सन्तोषी कुँवर चयन भएका छन् ।
त्यस्तै मान बहादुर सेटी,बन्दना सुनार,धनकला केसी,हिँउकला बोगटी,चन्द्रसिंह थापा,भुवन रोकाया,झंकर सिंह कोली र शिव बहादुर विक पनि समाजको सदस्यमा चयन भएका छन् ।
उनीहरूले आजै सपथग्रहण पनि गरेका छन् । आज समाजका अध्यक्ष कर्ण बहादुर बोहराको सभापतित्व तथा सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीको प्रमुख आतिथ्यमा प्रथम साधारण सभा सम्पन्न भएको थियो ।
सभामा गोदावरी नगरपालिकाकी पूर्व नगर उप प्रमुख रत्ना कडायत विशिष्ट अतिथि रहेकी थिईन् ।