bhuwaneswari
Attariya Hospital Pvt.Ltd.

मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने सरकारको निर्णय

padma
milan sunchadi

‍काठमाडौं – सरकारले आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगको सिफारिसमा स्थानीय तहको उपनिर्वाचनको मिति तय गरिएको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

यसअघि, आजै उपनिर्वाचनको मिति तोक्नेबारे निर्वाचन आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेको थियो ।

स्थानीय तहमा हाल रिक्त जिल्ला समन्वय समितिका दुई प्रमुखसहित ३९ जनप्रतिनिधिको बाँकी कार्यकालका लागि उपनिर्वाचन हुने तय भएको हो ।

Siddi ganesh

‍काठमाडौं । सरकारले आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगको सिफारिसमा स्थानीय तहको उपनिर्वाचनको मिति तय गरिएको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

यसअघि, आजै उपनिर्वाचनको मिति तोक्नेबारे निर्वाचन आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेको थियो ।

स्थानीय तहमा हाल रिक्त जिल्ला समन्वय समितिका दुई प्रमुखसहित ३९ जनप्रतिनिधिको बाँकी कार्यकालका लागि उपनिर्वाचन हुने तय भएको हो ।

कहाँ हुँदै छ उपनिर्वाचन ?

क्र.सं.

प्रदेश

जिल्ला

पद

स्थानीय तह

वडा नं.

1 कोशी झापा वडा अध्यक्ष कन्काई नगरपालिका 6
2 मोरङ अध्यक्ष ग्रामथान गाउँपालिका
3 तेह्रथुम वडा अध्यक्ष लालीगुराँस नगरपालिका 8
4 सुनसरी वडा अध्यक्ष गढी गाउँपालिका 6
5 ओखलढुंगा जिल्ला समन्वय समिति प्रमुख
6 ओखलढुंगा वडा अध्यक्ष मोलुङ गाउँपालिका 5
7 उदयपुर वडा अध्यक्ष त्रियुगा नगरपालिका 12
8 वडा अध्यक्ष वेलका नगरपालिका 9
9 मधेश सप्तरी वडा अध्यक्ष डाक्नेश्वरी नगरपालिका 4
10 धनुषा वडा अध्यक्ष धनुषाधाम नगरपालिका 1
11 महोत्तरी वडा अध्यक्ष रामगोपालपुर नगरपालिका 2
12 रौतहट वडा अध्यक्ष ईशनाथ नगरपालिका 7
13 वडा अध्यक्ष राजपुर नगरपालिका 6
14 वडा अध्यक्ष गढीमाई नगरपालिका 8
15 वागमती दोलखा उपाध्यक्ष गौरिशंकर गाउँपालिका
16 काठमाडौं प्रमुख कीर्तिपुर नगरपालिका
17 वडा अध्यक्ष कीर्तिपुर नगरपालिका 1
18 वडा अध्यक्ष कीर्तिपुर नगरपालिका 4
19 वडा अध्यक्ष काठमाडौँ महानगरपालिका 16
20 नुवाकोट वडा अध्यक्ष ककनी गाउँपालिका 2
21 मकवानपुर वडा अध्यक्ष हेटौडा उपमहानगरपालिका 12
22 गण्डकी गोरखा वडा अध्यक्ष गोरखा नगरपालिका 5
23 लुम्बिनी गुल्मी वडा अध्यक्ष मुसिकोट नगरपालिका 1
24 रोल्पा वडा अध्यक्ष रुन्टीगढी गाउँपालिका 4
25 बर्दिया वडा अध्यक्ष ठाकुरबाबा नगरपालिका 4
26 कर्णाली दैलेख अध्यक्ष महाबु गाउँपालिका
27 वडा अध्यक्ष दुल्लु नगरपालिका 13
28 कालिकोट वडा अध्यक्ष तिलागुफा नगरपालिका 4
29 जाजरकोट उपप्रमुख नलगाड नगरपालिका
30 वडा अध्यक्ष कुसे गाउँपालिका 7
31 डोल्पा वडा अध्यक्ष त्रिपुरासुन्दरी नगरपालिका 5
32 हुम्ला उपाध्यक्ष सर्केगाड गाउँपालिका
33 रुकुम (पश्चिम भाग) वडा अध्यक्ष सानीभेरी गाउँपालिका 5
34 सुदूरपश्चिम बाजुरा उपाध्यक्ष स्वामीकार्तिक खापर गाउँपालिका
35 बझाङ वडा अध्यक्ष सूर्मा गाउँपालिका 4
36 डोटी वडा अध्यक्ष पूर्वीचौकी गाउँपालिका 6
37 दार्चुला वडा अध्यक्ष दुहुँ गाउँपालिका 5
38 कैलाली जिल्ला समन्वय समिति प्रमुख
39 कञ्चनपुर वडा अध्यक्ष भीमदत्त नगरपालिका 6
Nawadurga
sudur last
Leave A Reply

Your email address will not be published.