अत्तरिया – मुस्लिम धर्मावलम्बीहरुले आज धर्म प्रवर्तक हजरत मोहम्मद पैगम्बरको १४९९औं जन्मजयन्ती मनाएका छन् ।
पर्वका अवसरमा कैलालीको अत्तरियामा पनि र्याली निकालिएको छ । र्यालीले बजार परिक्रमा गरेको छ ।
मुस्लिम परम्पराको हिजरी संवत् अनुसार रवि–उल–अव्वल महिनाको १२ तारिख धर्म प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलै वसल्लामको जन्मदिन मानिन्छ ।
मुस्लिम धर्मवलम्बी यस महिनाको ९ तारिखदेखि नै उत्सवमय वातावरणमा ‘मोहम्मद डे’ अर्थात् मोहम्मदको जन्मदिन मनाउँछन् ।
पर्वमा बिहानै नुहाइधुवाइ गरेर विशेष नमाज (प्रार्थना) गरेपछि इस्लाम धर्मावलम्बी अल्लाह (ईश्वर) को पुकारा गर्दै हजरत मोहम्मद पैगम्बरका उपदेश सुन्छन ।
ईद मिलाद नवी पनि भनिने यो पर्वमा कुरान सुन्ने, सामूहिक भोज खाने र आपसमा पर्वको शुभकामना साटासाट गर्ने चलन छ । सरकारले आज मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिएको थियो ।