bhuwaneswari
Attariya Hospital Pvt.Ltd.

सशस्त्र प्रहरी नम्बर ४३ रिजर्भ गण बनबेहडाले मनायो चौथो स्थापना दिवस

padma
milan sunchadi

अत्तरिया – कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ६ मा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४३ रिजर्भ गण हेडक्वार्टर बनबेहडाले चौथो स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा एक हप्तादेखी विविध कार्यक्रमको आयोजना गर्दै आएको गणले आज एक औपचारिक समारोहका बिच स्थापना दिवस मनाएको हो । गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीको अध्यक्षता रहेको उत्त कार्यक्रममा नम्बर ७ वैद्यनाथ बाहिनि मुख्यालयका निमित्त बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक उद्धव बहादुर न्यौपाने प्रमुख अतिथि रहेका थिए । औपचारिक समारोहमा न्यौपानेले केक पनि काटेका थिए ।

सशस्त्र प्रहरीका संस्थापक कृष्णमोहन श्रेष्ठप्रति श्रद्धान्जली अर्पण गर्दै उनले स्थापना दिवसमा गरिने कार्यक्रमहरुले सक्कल दर्जाका सेवकहरुमा भातृत्व एवम् बन्धुत्वको भावना सिर्जना गराउनुका साथै फौजी संगठनलाई आवश्यक टिम स्प्रीटको मर्मलाई समेत सम्बोधन गर्ने बताए । यस्ता कार्यक्रमले फौजी संगठनलाई अपरीहार्य मानीने संस्कार,संस्कृति,मुल्य मान्यतालाई जर्गेना गर्ने उनले बताए ।

Siddi ganesh

गणले स्थापना कालदेखी नै जिल्लामा शान्ति सु—व्यवस्था अमनचयन,आपरधीक गतिविधि नियन्त्रण,बन्द,हड्ताल,धर्ना जुलुस,सिमा सुरक्षा,राजमार्ग सुरक्षा,विपद् व्यवस्थापन,सवारी दुर्घटनामा उद्धार,निर्वाचन सुरक्षा, भिआइपी सुरक्षा लगायतका अन्य समाजिक कार्यहरुमा परिचालित रहि संगठनको छवी उच्च राख्ने कार्यमा सधैँ महत्वपुर्ण तथा संवेदनशिल जिम्मेवारी बहन गर्दै आईरहेको उनले बताए ।

उनले तत्कालीन आन्तिरिक द्धन्द्धको विषम परिस्थीतीमा स्थापना भएको संगठनले समयान्तर विविध चुनौतीहरुलाई पार गर्दै राष्ट्रको आन्तरीक सुरक्षा कायम गर्न सफल भएको भन्दै उनले उच्च मनोबल, पेशागत दक्षता सेवा विशिष्टीकरण तथा क्रमश आधुनीक तथा प्रविधियुत्त स्रोत साधनसहित परिचालन भई जनताको जीउधनको सुरक्षा गर्न सफल भएकोले सशस्त्र प्रहरी बल नेपाल देश र जनताको भरोसा जित्दै अब्बल सुरक्षा फौजको रुपमा स्थापीत भएको बताए ।

न्यौपानेले यो विश्वासलाई कायम राख्दै संगठनको उदेश्य प्राप्ती तथा सरकारबाट प्राप्त कार्यादेशहरुको पूर्ण व्यवसायीक,कर्तव्यनिष्ठ,इमान्दार,लगनशील एवम् अनुशासित ढंगबाट कार्यसम्पादन गर्दै बदलीदो सुरक्षा चुनौतीको सामना गर्ने गरी संगठनले विकसीत गरेका निति नियमहरुको पालना गरी समयसापेक्ष अनुकुल सरोकारवाला सम्बन्धित निकायसंग समन्वय गरी प्रभावकारी ढंगबाट कार्यान्वयन गर्न गराउन सक्कल दर्जाका राष्ट्र सेवक प्रहरी कर्मचारीहरुलाई निर्देशन गरे ।

राष्ट्र,राष्ट्रियता,सार्वभौमिकता,अखण्डता,नागरिकका मौलिक हक,मानव अधिकारको संरक्षण र प्रर्वद्धन गर्दै शान्ति—सुव्यवस्थाका साथ भयरहित वातावरणमा जीवनयापन गर्ने नागरिकको नैसर्गिक अधिकारको सुनिश्चित गर्न पनि सशस्त्र प्रहरी बल सफल हुनुपर्ने उनले बताए । त्यस्तै कार्यक्रममा आफ्नो भनाई राख्दै गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीले गणले एक वर्षमा विपद्मा परेका ३४ जनाको जिवितै उद्धार,एक सय चार जना सशस्त्र प्रहरीबाट रक्तदान,एक हजार सात सय स्थानीय तथा विद्यार्थीहरुको उपस्थितिमा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै नियमित लामो तथा छोटो दुरीमा गस्ती सञ्चालन लगायतका कार्यहरु गरेको बताए ।

उनले आम जनमानसमा सुरक्षाको प्रत्याभुती दिलाउँदै आएको बताउँदै आगामि दिनमा पनि उपलब्ध स्रोत साधन एवम् जनशक्तिको अधिकतम परिचालन गरी नतिजामुखी कार्य सम्पादन गर्ने प्रतिवद्धता व्यक्त गरे । अधिकारीले स्थापनाको चौथो वर्ष व्यतीत भएको आजको क्षणले कैलालीका सशस्त्र प्रहरीको उपस्थिति अझ गर्भिलो बनाउन उत्साह थप्ने बताए । उनले गण अहिलेको अवस्थासम्म आइपुग्न सहयोग गर्ने सबै निकायलाई धन्यवाद व्यक्त गर्दै उनले आगामि दिनमा पनि सहयोगको अपेक्षा रहेको बताए ।

गणले चौथो स्थापना दिवसको अवसरमा आयोजना गरेका विभिन्न खेलकुद प्रतियोगितामा विजयी हुने सशस्त्र प्रहरी कर्मचारीहरुलाई मेडल तथा प्रमाणपत्र तथा गण तथा मातहतका निकायमा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई प्रशंसा पत्र वितरण गरिएको थियो । त्यस्तै गणमा कार्यरत प्रहरी कर्मचारीहरुले सांस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरेका थिए । स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरीका विभिन्न कार्यालयका प्रमुख, देवीदल गण तेघरीका गणपति,नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रमुख, जनप्रतिनिधि, नागरिक समाज, पत्रकार लगाएको सहभागिता रहेको थियो ।

संगठनलाई जिम्मेवारी प्रदान गर्ने उदेश्यले संगठन तथा व्यवस्था सर्वेक्षण २०७७ बमोजिम नेपाल सरकार मन्त्रि परिषद्को २०७७ असार २९ गतेको निर्णय अनुसार २०७७ असोज १ गते कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ६ को बनबेहडामा तत्कालीन सशस्त्र प्रहरी बल बडीमालिका गणको परिसरमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४३ रिजर्भ गण हेडक्वार्टर बनबेहडाको स्थापना भएको थियो ।

Nawadurga
sudur last
Leave A Reply

Your email address will not be published.