bhuwaneswari
Attariya Hospital Pvt.Ltd.

सुदूरपश्चिम समाजको १६ औं वार्षिक साधारण सभा सम्पन्न

padma
milan sunchadi

धनगढी – सुदूरपश्चिम समाज धनगढीको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। सुदूरपश्चिममा यौनिक तथा लैङ्गिक अल्पसंङ्ख्यक समुदायको मानव अधिकारको क्षेत्रमा कार्य गर्दै आएको गैरसरकारी संस्था सुदूरपश्चिम समाजले आज धनगढीमा १६ औं वार्षिक साधारसभा मनाएको हो ।

समाजकी अध्यक्ष करुणा नेपालको सभापत्विमा भएको उत्त कार्यक्रममा प्रमुख अतिथि स्वास्थ्य निर्देशनालय दिपायलका निर्देशक डाक्टर खगेन्द्र बम रहेका थिए । त्यस्तै कार्यक्रममा जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशी विशिष्ट अतिथि रहेका थिए ।

कार्यक्रममा स्वास्थ्य कार्यालय कैलालीका जनस्वास्थ्य निरीक्षक तेज बिक्रम शाही, जिल्ला प्रहरी कार्यालय कैलाली महिला सेल प्रहरी निरीक्षक कल्पना पौडेल,राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधि, आयोजक संस्थाका कार्यसमिति पदाधिकारी, एवम् कर्मचारी,विभिन्नसरकारी तथा गैर सरकारी संघ संस्थाका प्रतिनिधि लगायत यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायको उपस्थिति रहेको थियो।

Siddi ganesh

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बमले यौनिक तथा लैङ्गिक अल्पसंङ्ख्यक समुदायको हकहतिका लागि आफुले गर्न सक्ने व्यक्तिगत र संस्थागत सहयोग तथा सहकायका लागि सँधै तयार रहेको बताए ।

समाजकी अध्यक्ष नेपालले यौनिक तथा लैङ्गिक अल्पसंङ्ख्यक समुदायलाई विगतभन्दा पछील्लो समय केहि हिज भएको बताईन् । यो समुदायको मानव अधिकार र नैसर्गिक हकहित संरक्षणका लागि सबैले सहयोग गर्नुपर्ने उनले बताईन् ।

कार्यक्रममा वार्षिक कार्य मूल्याकंनका आधारमा उत्कृष्ट कर्मचारीलाई सम्मानका साथै प्रमाणपत्र समेत हस्तान्तरण गरिएको थियो भने संस्कृति र मौलिकता झल्काउने नित्य लगायतको प्रस्तुती समेत राखिएको थियो ।

संस्थामा संचालित परियोजनाको बारेमा संयोजक समाजका राजु लामाले प्रस्तुतीकरण गरेका थिए भने आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन सुदूरपश्चिम समाजका लेखा अधिकृत लालमणी भट्टले आय व्यय प्रस्तुत गरेका थिए ।

Nawadurga
sudur last
Leave A Reply

Your email address will not be published.