संविधान दिवसको अवसरमा गोदावरी नगरपालिकाद्धारा अत्तरिया चोकमा दीप प्रज्वलन

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले संविधान दिवसको अवसरमा अत्तरिया चोकमा दीप प्रज्वलन गरेकोे छ । नगरपालिकाले आज बेलुकीे चोकमा दिप प्रज्वलन गरेकोे हो ।

दीप प्रज्वलन कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले संविधान बनाउने क्रममा सहिद भएकाहरुप्रति श्रद्धा–सुमन व्यक्त गदैँ संविधान पूर्णरुपमा कार्यान्वयन गर्ने दायित्व तीन तहको सरकार, नागरिक, राष्ट्रसेवक कर्मचारी सबैको भएको बताए ।

nisarga

आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाईएको छ । नेपालको संविधान–२०७२ जारी भएको आज ९ वर्ष पूरा १० औं वर्षमा प्रवेश गरेको छ ।

विसं २०७२ असोज ३ गते संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष आजका दिन संविधान दिवस मनाइँदै आएको छ ।