बजेटबाट प्रदेश राजधानी हटाइएकोप्रति विष्टको आपत्ति,भनिन्‘जितेको ६ महिनामा राजधानी बनाउछौँ भनेर जनतामा झुटो भ्रम छर्ने काम भयो’
अत्तरिया – सुदूरपश्चिम प्रदेश सभामा बजेट माथिको छलफल चलिरहेको छ । भदौं ३१ गते आएको साढे ३१ अर्व बढीको बजेटमाथि आजबाट छलफल भईरहेको हो । छलफलकै क्रममा राप्रपाकी प्रदेश सभा सांसद खेमा देवी विष्टले बजेटबाट प्रदेश राजधानी हटाइएकोप्रति आपत्ति जनाएकी छिन् । ७ वर्षदेखी प्रदेश संरचना नबनेपनि बजेट छुट्दिै आएकोमा यसपटक किन शिर्षक नै हटाइयो?भन्दै उनले प्रश्न गरीन् ।
त्यस्तै उनले कैलाली क्षेत्र नम्बर ४ का सांसदहरुले जितेको ६ महिनामा राजधानी बनाउछौँ भनेर जनतामा झुटो भ्रम छर्ने काम भएको बताएकी छिन् । ‘दुई तिहाईले राजधानी पास गरेको ठाँउमा मुद्धा परेको छ रे,यहि रोस्टमबाट यदी त्यहाँ हुन सक्दैन भने मैले निशुल्क जग्गा उपलब्ध गराउँछु भनिएको थियो?अहिले कहाँ गयो त्यो जग्गा?’उनले भनिन । त्यस्तै छलफलकै क्रममा राप्रपाकी प्रदेश सभा सांसद खीमा देब विष्टले सरकारलाई चोर भनेपछि एमाले सांसद धर्मराज पाठकले नियमापत्ती जनाएका हुन ।
‘कहि नभएको जात्रा हाँडी गाउँमा भनेजस्तै असार १ गते सदनमा प्रस्तुत हुने र असार ३१ गतेभीत्रै पास हुने बजेटमाथि हामी असोजमा आएर छलफल गरिरहेका छौं । यो बजेट कहाँबाट आयो, कसरी आयो ? सरकारलाई बताई दिन आग्रह गर्दछु’ बजेट माथिको छलफलका क्रममा प्रदेश सभा विष्टले भनिन ।
यती मात्रै होईन, उनले प्रदेश सरकार र प्रदेशका जनप्रतिनिधि चोर र कमिशनखोर रहेको आरोप पनि लगाईन । ‘राजनीति भनेको समाजसेवा हो भन्ने थाहा पाएको थिए । तर राजनीति भनेको पेशा रहेछ, घुस खाएर योजना बेच्ने रहेछ, कमिशनमा योजना बेच्ने रहेछ, भन्न मिल्छ की मिल्दैन, प्रदेश सरकार र प्रदेशका जनप्रतिनिधि भनेका चोर रहेछन’ विष्टले भनिन ।
विष्टले बोल्दा बोल्दै एमालेका प्रदेश सभा सदस्य धर्मराज पाठकले उनको चोर सब्द प्रति नियमापत्ती जनाउदै उक्त चोर सब्द संसद सचिवालयको रेकर्डबाट हटाउन माग गरे । सभामुख भीम बहादुर भण्डारीले पनि उक्त सब्दमाथि छानविन गरेर आवश्यक परे संसदको रेकर्डबाट हटाउने आश्वासन दिएका थिए ।