अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर-४ स्थीत बास्कोटाबाट लागूऔषध (खैरो हेरोइन)सहित चार युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गोदावरी नगरपालिका वडा नम्बर ४ बस्ने १८ वर्षीय योगेश जोशी,दशरथ बोगटी,गोदावरी १ बस्ने २७ वर्षीय रमेश पुन मगर ३१ वर्षीय भुवन खत्री रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान समुहबाट खटिएको प्रहरी टोलीले प्लाष्टिकले बेरेको २१० मिलिग्राम लागूऔषध( खैरो हेरोईन) जस्तो देखिने धुलो पदार्थसहित आज दिउँसो पक्राउ गरेको हो ।
पक्राउ परेका चारैजनामाथी थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय मालखेतीले जनाएको छ ।