अत्तरिया – कैलालीको अत्तरियाबाट अनैतिक क्रियाकलापमा संलग्न होटल सञ्चालकसहित युवायुवती पक्राउ परेका छन् ।
गोदावरी नगरपालिका वडा नम्बर २ अत्तरिया रीङरोड स्थित निशा होटल एण्ड लजकी सञ्चालकसहित युवायुवती परेका हुन् ।
उनीहरुलाई अनैतिक क्रियाकलाप भईरहेको छ भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान शाखाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका तीनै जनामाथी थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय मालखेतीले जनाएको छ ।