कञ्चनपुरमा एकैदिन १६ जना जुवाडे पक्राउ

Image
फाईल फोटो

कञ्चनपुर – कञ्चनपुरमा एकैदिन १६ जना जुवाडे पक्राउ परेका छन्।

जिल्लाको भीमदत्त नगरपालिका–१० सुकासालबाट सोही ठाउँ बस्ने ४२ वर्षीय करन चन्दले संचालन गरेको करन किराना पसलमा जुवातास खेलिरहेको अवस्थामा सञ्चालक चन्दसहित ६ जना पक्राउ परेका हुन्।

nisarga

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुलाई नगद ४२ हजार ७७० र १० गड्डी ताससहित सोमवार पक्राउ गरेको बताएको छ।