सुदूरपश्चिममा माओवादी जिल्ला इन्चार्जहरु फेरिए

Image

धनगढी – नेकपा माओवादी केन्द्रले सुदूरपश्चिममा जिल्ला इन्चार्जहरुको जिम्मेवारी हेरफेर गरेको छ।

असोज ६ गते एक परिपत्र जारी गर्दै इन्चार्ज हेरफेर गरिएको हो। ६ जिल्लामा नयाँ इन्चार्ज तोकिएका छन् भने बैतडी, बाजुरा र कञ्चनपुरमा भने पुरानै इन्चार्जहरु यथावत छन्।

nisarga

यस अगाडिदेखि नै कञ्चनपुरमा टेकेन्द्र भट्ट, बाजुरामा कर्णबहादुर विश्वकर्मा (केशब) र बैतडीमा नरेन्द्र बहादुर कुँवर इन्चार्ज थिए। उनीहरू यथावत छन्। त्यस्तै पहिले कैलालीमा हरि ज्ञवाली इन्चार्ज भएकोमा अहिले उनलाई हटाएर नेपबहादुर चौधरीलाई जिम्मेवारी दिइएको छ।

त्यस्तै डोटीमा शिव ओलीलाई हटाएर त्रिलोचन भट्टलाई जिम्मेवारी दिइएको छ। त्यस्तै डडेल्धुरामा जगत पार्कीलाई हटाएर कुन्ती जोशीलाई इन्चार्ज तोकिएको छ। उता अछाममा झपट साउदलाई हटाएर शरदसिंह भण्डारी इन्चार्ज बनेका छन्। यस्तै दार्चुलामा लक्ष्मी विकलाई हटाएर लक्ष्मणदत्त जोशीले इन्चार्जको जिम्मेवारी पाएका छन्। त्यस्तै  बझाङमा मिनबहादुर कुँवरलाई जिम्मेवारी दिइएको छ।