महान्यायाधिवक्ता कार्यालयले अब पक्राउ पुर्जी जारी नभएका वा अनुसन्धानका क्रममा हिरासतमा नरहेका व्यक्तिउपर अभियोपत्र लैजाँदा फरार शब्दको सट्टा अनुपस्थित प्रतिवादी लेख्न परिपत्र गरेको छ ।
सहन्यायाधिवक्तालाई पुनरावेदन निर्णयको अधिकार महान्यायाधिवक्ताबाट सम्पादन हुनुपर्ने केही काम अब मातहतका कार्यालय प्रमुख सो सरहका अधिकारीबाट हुने भएका छन् ।
जस अनुसार मुद्दा पुनरवलोकनको निर्णय गर्ने अधिकार नायब महान्यायाधिवक्तामा हुने छ । यसअघि यस्तो अधिकार महान्यायाधिवक्तालाई थियो ।