कञ्चनपुरमा चट्याङ लागेर २ जनाको मृत्य

Image
maya metro

कञ्चनपुर – कञ्चनपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। चट्याङ लागेर दोधाराचादनी नगरपालिकामा १ र लालझाडी गाउँपालिकामा १ गरि २ जनाको मृत्यु भएको हो।

दोधाराचाँदनी नगरपालिका–६ का ३४ वर्षीय यामबहादुर सुनार र लाझाडी गाउँपालिकाकी २८ वर्षीय हिरामती रानाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेशप्रसाद जोशीले बताए।

nisarga

उनका अनुसार रुखमा ओत लाग्ने क्रममा सुनारलाई चट्याङ लागेको थियो भने रानालाई खेतबारीमा काम गर्ने क्रममा चट्याङ लागेको थियो।

चट्याङ लागेर दोधाराचाँदनी नगरपालिकाकै २ जना घाइते पनि भएका छन्। घाइते हुनेमा ३७ वर्षीय जगदिश सुनार र ३० वर्षीय बिक्की सुनार रहेका छन्।