bhuwaneswari
Attariya Hospital Pvt.Ltd.

कैलालीको गोदावरीसहित चार पालिका जिटुजिमा छनोट

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका सरकार-सरकार (जिटुजि) मा छनोट भएको छ । नगरका विभिन्न विकास निर्माणका कार्यहरुमा नेपाल सरकारकै युएसएआईडी अन्तर्गतकै सरकार-सरकार (जिटुजि)संग सहकार्य गरेर अघि बढाईने भएका छन् ।

युएसएआईडीको तयार नेपालसंगको सहकार्यमा नगरपालिकामा ५ बर्षको समयमा सहजरुपमा छनौट गरेका योजनाहरु सफलतापुर्वक सम्पन्न भएकाले जिटुजिमा गोदावरी नगरपालिका छनोट भएको नगरप्रमुख विरेन्द्र भट्टले बताए । उनले नेपाल सरकारसंग समुन्वय गरेर युएसएआईडी अन्तर्गतकै जिटुजिमा देशभरका चार पालिकासंगसंगै गोदावरी पनि छनोट भएको बताएका छन् ।

गोदावरीसहित विरेन्द्रनगर नगरपालिका सुर्खेत, राजापुर नगरपालिका बर्दिया, र निलकण्ठ नगरपालिका धादिङमा जिटुजिले विकास निर्माणका कार्यक्रमहरु लागु गर्ने भएको छ ।

Siddi ganesh

स्थानिय सरकारमा बजेट अभाव भईरहेको बेलामा जिटुजिले नगरको विकासमा थोरैपनि सहयोग गरेमा पालिकाको विकासका लागि सहज हुने उनले बताए । देशभरका ७५३ ओटा स्थानिय तहमध्ये गोदावरी लगायत चार ओटा पालिकामा जिटुजिले आगामि आर्थिक बर्षदेखी कार्यक्रम शुरु हुनेगरी अहिले योजना छनौट र सम्झौताको कार्य भईरहेको नगरप्रमुख भट्टले बताए । उनले गोदारीको आर्यघाट व्यवस्थापन, अत्तरिया स्थित लामिताललाई व्यवस्थीत गर्ने र अत्तरियामा पार्क निर्माण गर्ने योजना रहेको बताएका छन् ।

आगामि आर्थिक बर्षमा जिटुजि अन्तर्गत ५ करोड रुपैया नगरपालिकाले प्राप्त गर्ने भएको छ,त्यसमा ३३ प्रतिशत नगरपालिकाको रहने छ । उक्त ५ करोड र ३३ प्रतिशत थप हुन आउने रकम चार पाँच ओटा योजना बनाएर जुन आर्थिक बर्षमा कार्यक्रम सम्झौता हुन्छ सोही बर्ष सम्पन्न गर्नुपर्ने गरि जिटुजिको नियम अनुसार अगाढी बढ्नु पर्ने नगरप्रमुख भट्टले बताए ।

एडिबिले पनि गोदावरीमा सडक निर्माण कार्य अगाढी बढाउनुका साथै बिभिन्न विकास निर्माणका कार्यहरुमा सहयोग गरिरहेको छ । स्थानिय सरकारको बजेटले नपुग्ने भएकाले पालिकाले यसरी बिभिन्न संघसंस्थासंग सहकार्य गरे अगाढी बढ्नुपर्ने अवस्था रहेको नगरप्रमुख भट्टले बताएका छन् ।

Nawadurga
sudur last
Leave A Reply

Your email address will not be published.