अत्तरिया – कैलाली गोदावरीबाट पाँच लाख बढी मुल्यको अवैध सामानसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कञ्चनपुरको बेदकोट नगरपालिका–६ का २८ वर्षीय देवराज भण्डारी रहेका छन्।
भण्डारी गोदावरी नगरपालिका–३ चौकीडाँडाबाट अन्दाजी ५ लाख ३ हजार २३० मुल्य बराबरको अवैध सामानसहित पक्राउ परेका हुन्।
उनलाई इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान समुह र अस्थायी प्रहरी पोष्ट चौकीडाँडाबाट खटिएको प्रहरी टोलीले बिहिबार पक्राउ गरेको हो।
भन्सार छलीका स्टेशनरीका सामान र लेडिज कपडासहित उनलाई भन्सार कार्यालय त्रिनगर पठाईएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।