अत्तरिया – कैलालीको अत्तरियामा चाडपर्व लक्षित सुपथ मुल्य पसल सञ्चालनमा आएको छ । साल्ट ट्रेडिङ कर्पोरेशन धनगढीले गत सोमबारदेखी गोदावरी नगरपालिका वडा नम्बर-१ अत्तरियाको धनगढी रोडस्थीत सिर्जना टोलमा सुपथ मुल्य पसल सञ्चालनमा ल्याएको हो । सुपथ मुल्य पसलमा नुन,चिनि,तेल,दाल लगायतका खाद्य सामग्रीहरु उपलब्ध छन् ।
सुपथ मुल्य पसलबाट चिनी प्रतिकिलो एक सय २ रुपैयाँ ५० पैसामा पाइने साल्ट ट्रेडिङ कर्पोरेशन धनगढीका प्रमुख बासुदेव उपाध्यायले बताए । । एक जनालाई ६ किलोसम्म मात्रै चिनि उपलब्ध गराइनेछ । त्यस्तै नुन बजार मुल्यभन्दा २ रुपैयाँ छुट गरी प्रतिकिलो २४ रुपैयाँ तोकिएको छ । नुन पनि प्रतिव्यक्ति ६ किलो उपलब्ध गराउने गरी व्यवस्था गरिएको छ । सुपथ मुल्य पसलमा टाइचिन चिउरा, खाने तेल, दाल, पिँठो, मैदा पनि प्रतिव्यक्ति ५ किलो उपलब्ध गराउने गरी चिउरा प्रति किलो एक सय १० रुपैयाँ,मासको दाल प्रति किलो एक दुई सय १० रुपैयाँ, मसुरोको दाल प्रति किलो एक पचास रुपैयाँ तोकिएको छ ।
अरहरको दाल प्रति किलो तीन सय रुपैयाँ,खोस्टा सहितको मुङको दाल प्रति किलो एक सय ५५ रुपैयाँ, मुङको दाल एक सय ७० रुपैयाँ र चना प्रति किलो एक सय ५५ रुपैयाँ तोकिएको साल्ट ट्रेडिङ कर्पोरेशन धनगढीका प्रमुख उपाध्यायले बताए । त्यस्तै सनफ्लावर र तोरी तेलमा बजार मुल्यभन्दा ७ रुपैयाँ छुट गरी प्रति पोका एक सय १० रुपैयाँ तोकिएको छ भने विगुल तोरी तेल प्रति लिटर दुई सय १५ रुपैयाँ तोकिएको छ । तेल पनि प्रतिव्यक्ति ५ लिटर दिने व्यवस्था गरिएको उपाध्यायले बताए ।
मैदामा पनि बजार मुल्यभन्दा ७ रुपैयाँ छुट गरी प्रति किलो ७५ रुपैयाँमा बिक्रि भईहरेको छ भने दुई किलो मैदा लिँदा एक सय ४५ मा उपलब्ध गराइनेछ । त्यस्तै दुई किलो पिठोलाई एक सय ५५ रुपैयाँ तोकिएको छ भने ५ किलो लिने उपभोक्तालाई तीन सय ७० रुपैयाँ तोकिएको छ । सुजी प्रति किलो ४० रुपैयाँ तोकिएको उपाध्यायले बताएका छन् । सुपथ मुल्य पसलमा बजार मुल्यभन्दा कममा चामल,मह,चियापत्ति,चुक,साबुन,सोडा,समेत बिक्रि भईरहेको उपाध्यायले बताएका छन् ।
असोज ७ देखि कात्तिक २२ गतेसम्म बिहान १० बजेदेखी बेलुकी ५ बजेसम्म सुपथ मुल्य पसल सञ्चालन हुने उनले बताए । शनीबार लगायत बिदाको दिनमा पनि पसल खुल्ने बताउँदै उनले उपभोत्ताको माग बढेमा बिहान बेलुकीको समय थप्ने बताए । उनका अनुसार सुदूरपश्चिम प्रदेशभित्र आठवटा सुपथ मुल्य पसल खुलेका छन् । सुपथ मुल्य पसल असोज ७ देखि कात्तिक २२ गतेसम्म मात्रै सञ्चालनमा रहेपनि अत्तरिया स्थीत साल्ट ट्रेडिङ कर्पोरेशनको डिपोबाट बाह्रै महिना सामानहरु बिक्रि हुँदै आएको छ ।
यस्तो छ मुल्यसूचि