bhuwaneswari
Attariya Hospital Pvt.Ltd.

गोदावरीका यी वडामा आजदेखी हात्तिपाईले रोगको जाँच हुँदै

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा आजदेखी हात्तिपाईले रोगको जाँच हुँदै छ । गोदावरी नगरपालिकाका वडा नम्बर १,३ र ४ नम्बर वडामा मापदण्ड बमोजिम तोकिएका घरमा हात्तिपाईले रोगको जाँच हुन लागेको हो । त्यस्तै वडा नम्बर ६,८,९ र १२ नम्बर वडामा पनि जाँच हुने छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कीटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र हेटौंडा मकवानपुर र स्वास्थ्य कार्यालय कैलालीको आयोजनामा हात्तिपाईले रोगको जाँच हुन लागेको हो ।

यो जाँच देशभरमै पहिलोपटक कैलाली,मोरङ,बाँके र दाङ जिल्लामा सुरु गरिएको हो । कीटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्रको टोलीले एक वडाबाट एक सय पाँच नमुना संकलन गर्नेछ । त्यसका लागि फरकफरक दुरीमा नमुना संकलनका लागि माथील्लो निकायबाटै घर तोकिएको कीटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र हेटौंडाका ल्याब असिस्टेन्ट दिपक शाहले बताए । महिला स्वयसेविकाको सहयोगमा सबैकोे प्रतिनिधित्व हुने गरी तोकिएको घरमा गई टोलीले त्यस घरका व्यक्तिको रगतको नमुना हात्तिपाईले रोग परिक्षणका लागि संकलन गर्नेछ ।

नमुनाको नतिजा दश मिनेटमै देखिनेछ । यदि हात्तिपाईले रोग पोजेटिभ देखिएको खण्डमा राती दश देखी दुई बजेको बिचमा फेरि त्यहि व्यक्तिको रगतको नमुना संकलन गरिनेछ । राती संकलन गरिएको नमुनाले रोग सार्ने क्षमताको बारेमा जानकारी दिने शाहले बताए । कैलालीका १३ स्थानीय तहलाई “क” र “ख” गरी दुई भागमा विभाजन गरिएको छ । “क” मा गोदावरी ,मोहन्याल,चुरे, बर्दगोरीया,गौरीगंगा लगायत ७ पालिका रहेका छन् भने “ख” मा धनगढी,टिकापुर,लम्कीचुहा लगायतका ६ स्थानीय तह रहेका छन् ।

Siddi ganesh

“क” मा संकलन गरिएका तीन हजार एक सय पचास नमुनामध्य पोजेटिभ देखिइ राती संकलन गरिएका नमुनाबाट पनि १८ वटा भन्दा बढी नमुना पोजेटिभ आएको खण्डमा सरकारले पुनः आम औषधी सेवनको कार्यक्रमलाइ अगाडि बढाउनेछ भने यदि १८ वा सो भन्दा कम नमुना मात्रै पोजेटिभ आएको खण्डमा पोजेटिभलाई मात्रै औषधी सेवन गराई अबको दुई वर्षपछी आइ आइ एस टु कार्यक्रम लागू हुनेछ । र त्यसको दुई वर्षपछी आइ आइ एस थ्रि कार्यक्रम पनि लागू भई सम्पन्न भईसकेपछी हात्तिपाईले रोग मुत्त क्षेत्र घोषणा गरिनेछ । अहिले मुख्य गरी विगतमा खुवाइएको औषधीको प्रभावकारिता जाँच गर्ने र नयाँ संकमण खोज्ने उदेश्यले यो जाँच गरिन लागेको हो । जाँचका लागि सहयोग गरिदिन जनप्रतिनिधि,महिला स्वयमसेविका,सुरक्षाकर्मी र आम नागरिकलाई केन्द्रले आग्रह गरेको छ ।

सरकारले सन् २००३ देखि हात्तिपाइलेविरुद्धको औषधी खुवाउने अभियान सञ्चालन गरेको थियो। सन् २००३ देखि २०२० सम्ममा हात्तिपाइले निवारण गर्न लागिपरेको सरकारले अन्तत निवारण गर्न सकेन्। र अहिले सरकारले सन् २०३० सम्म हात्तिपाइले निवारण गर्ने लक्ष्य राखेको छ। हात्तिपाइले निवारण गर्नका लागि सरकारले उच्चस्तरीय जनचेतनाको अभ्यास गर्ने, क्रियाकलापहरुको कार्यान्वयन परिवर्तन गर्ने, पहुँच नभएको स्थानहरुमा विशेष कार्यक्रम गर्ने, कार्यान्वयन अवधिको दैनिक जुम मिटिङ्गबाट अनुगमन, छलफल र पृष्ठपोषण लिने, जिल्लाहरुको रणनैतिक स्थानहरुमा सहयोगी, सुपरभाइजर, अनुगमनकर्ता र परामर्शकर्ताहरु खटाइने, बैज्ञानिक तरिकाले जिल्लामा उत्कृष्ट पालिका छान्ने र कार्यक्रमलाई तीन तह तरिकाबाट मुंल्याकन गर्ने रणनीति बनाएको थियो ।

सरकारले ४० जिल्लामा ३० हजार भन्दा बढि बिरामी भएको जनाएको छ। तर देशभरका बिरामीको तथ्याङ नभएको जनाएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार सन् २००० सम्म हात्तिपाइलेबाट १२ करोड मानिस संक्रमित भइसकेका छन् भने ४ करोड मानिस अंगभंग भएका छन्। २०२१ मा यो संक्रमणदर दर ७४ प्रतिशतले घटेर ५ करोड १४ लाख मानिसहरु संक्रमित छन्। विश्वका ७२ मध्ये २८ संक्रमित देशहरुले आम औषधि सेवन कार्यक्रम सम्पन्न गरिसकेका छन्। हाल ८५ दशमलव ९ करोड मानिस हात्तिपाइले रोगको जोखिममा छन्।

हात्तीपाइले रोग मानिसलाई शारिरीक रुपमा अशक्त तथा अपाङ्ग बनाउने एक सरुवा रोग हो। यो रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजिविले गराउँछ र यो रोग संक्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्दछ। मानिसको शरिरमा यो परजीवि प्रवेश गरेको केहि वर्षपछि मात्र यसका असरहरु (जस्तै हात्तिपाईले र अण्डकोष सुन्निने) देखिने हुन्छ। यसका लक्षण देखिसकेपछि निको पार्न सकिंदैन्। धेरैजसो संक्रमण लक्षण बिनाका हुन्छन जसबाट समुदायका अन्य व्यक्तिहरुलाई समेत रोग सर्ने सम्भावना रहन्छ।

Nawadurga
sudur last
Leave A Reply

Your email address will not be published.