अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर-१ अत्तरियामा रहेको पतञ्जली योग समितिको छैटौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज एक औपचारिक कार्यक्रमका बिच समितिका अध्यक्ष दुर्गा प्रसाईको सभापतित्व तथा गोदावरी नगरपालिका वडा नम्बर १ का अध्यक्ष एवम् नगर प्रवत्ता गोपालदत्त भट्टको प्रमुख आतिथ्यमा छैटौँ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
सभामा आफ्नो भनाई राख्दै भट्टले स्वस्थ शरिरका लागि योग अनिवार्य रहेको बताए । उनले अत्तरिया पतञ्जली योग समितिले योग कक्षाहरु सञ्चालन गरी स्थानीयको स्वास्थ्य स्वस्थ राख्न महत्वपुर्ण भूमिका खेलिरहेको बताए । उनले स्वास्थ्य नै अमुल्य धन भएकोले स्वास्थ्यमा समस्या आएपछी उपचारमा जानुभन्दा पनि रोग लाग्न नै नदिनु बुद्धिमानी हुने बताए ।
त्यस्तै दुर्गालक्ष्मी नमुना माविका प्रधानाध्यापक शिवराज जोशीले सेवा निवृत्त भएपछी आफु पुर्णरुपमा योग साधनामा लाग्ने बताए । उनले योगले मनलाई स्थीर बनाउनुका साथै शरिरमा रोग लाग्न नदिने तथा लागेको रोगबाट समेत मुत्त भईने हुँदा पछील्लो समय योग गर्ने सङ्ख्या बढ्दै गएको बताए ।
कार्यक्रममा समितिका अध्यक्ष दुर्गा प्रसाईले अत्तरिया पतञ्जली योग समितिलाई अहिलेको अवस्थासम्म आईपुग्न सहयोग गर्ने सबैलाई धनयवाद व्यत्त गरे । उनले विविध आसन, अभ्यास, साधना,ध्यान आदिका माध्यमबाट मन र शरीरलाई जोड्ने प्रक्रिया योग भएकोले योग गरौँ निरोगी बनौँ भन्ने मुल मर्मलाई नै आफुहरुले आत्मसाथ गरिरहेको बताए ।
पछील्लो समय देखा परेका अनेक प्रकारका रोगहरुलाई समेत योग साधनाद्धारा जित्न सकिने उनको भनाई छ । साधारण सभामा अत्तरिया पतञ्जली योग समितिका सदस्यहरु,लगायत विभिन्न संघ संस्थाका प्रतिनिधहरुको उपस्थिति रहेको थियो ।