bhuwaneswari
Attariya Hospital Pvt.Ltd.

सय दिने विशेष अभियान सफल पार्न कांग्रेस सुदूरपश्चिमले खटायो ४३ प्रतिनिधि

padma
milan sunchadi

अत्तरिया – नेपाली कांग्रेस सुदूरपश्चिमले पार्टीको १०० दिने विशेष अभियान सफल पार्न ३२ प्रदेशसभामा ४३ जना प्रतिनिधि खटाएको छ । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश पदाधिकारीको असोज १० गते बसेको बैठकले सो निर्णय गरेको हो ।

अभियान सफल पार्नका लागि सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका ३२ वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा सुदूरपश्चिम प्रदेश कार्यसमितिका ४३ जनालाई खटाईएको पार्टी प्रवक्ता सुरतबहादुर रावत डोटेली कान्छाले बताए ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले पार्टीको सबै तहका सांगठनिक गतिविधिलाई प्रभावकारी बनाउन, सदस्यता वितरण र नवीकरण कार्यलाई तिव्रता दिन, विधान बमोजिम मातहतका कार्यसमितिले नियमित गर्नुपर्ने बैठक, सम्मेलन, अभिमुखीकरण, कार्यतालिका निर्माण लगायतका कार्य समयमै गर्न गराउन, अभिलेखिकरण र अभियानलाई चुस्त र प्रभावकारी बनाउन सो अभियान थालिएको हो ।

Siddi ganesh

पौष १६ गते भित्र तोकिएका कार्यहरु सम्पादन गर्ने गरी नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशले पनि सो अभियान सुरु गरेको हो । नेपाली कांग्रेस सुदूरपश्चिमका पार्टी सभापति वीर बहादुर बलायरले सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा खटिने प्रतिनिधिलाई १०० दिने विशेष अभियानलाई व्यापक र प्रभावकारी बनाउनका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न र गराउन निर्देशन दिएका छन्।

१०० दिने विशेष अभियान सफलतापूर्वक कार्य सम्पन्न गरिसकेपछि खटिएका प्रतिनिधिहरुले लिखित प्रतिवेदन नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश पार्टी कार्यालयमा अनिवार्य बुझाउन समेत सभापति बलायरले निर्देशन दिएका छन् ।

Nawadurga
sudur last
Leave A Reply

Your email address will not be published.