गोदावरीमा सर्पले डसेर एक पुरुष गम्भीर घाइते

Image

अत्तरिया – कैलालीमा सर्पले डसेर एक पुरुष गम्भीर घाइते भएका छन्।

जिल्लाको गोदावरी नगरपालिका–२ वनदेबीमा गोदावरी–५ का ४१ वर्षीय जनक भण्डारीको दाहिने हातमा सर्पले डसेर घाइते भएका हुन्।

nisarga

उनलाई राति सुतेका बेला सर्पले डसेको प्रहरीले जनाएको छ। घाइते भएका भण्डारीको सेति प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।