अत्तरिया – कैलालीको अत्तरिया बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीले दशै,तिहार र छठ पर्वलाई लक्ष्यित गर्दै आइतबार (हिजो) यात्रु सहायता कक्ष स्थापना गरेको हो ।
चाडबाडमा हुने भीडभाडमा यात्रुको सहजताका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक गंगा बहादुर थापाले बताएका छन् ।
चाडपर्वको बेलामा भिडभाड बढी हुने हुँदा यात्रुले विभिन्न सास्ती पाउन सक्ने भन्दै यात्रु सहायता कक्ष स्थापना गरिएको थापाले बताए ।
यात्रु सहायता कक्षामार्फत ट्राफिक नियम सचेतना गराउने, क्षमताभन्दा बढी यात्रु राखेको, तोकिएभन्दा बढी भाडा लिएको विषयमा चेकजाँच गर्ने उनको भनाई छ ।
कक्षबाट सवारी र यात्रुको चाप हुने समयलाई मध्यनजर गरि बिहान ५ बजेदेखि राति १० बजेसम्म सेवा दिने व्यवस्था मिलाइएको छ भने अन्य समयमा गस्ति र मोबाइल ड्युटीको प्रहरीले हेर्ने बताइएको छ ।