bhuwaneswari
Attariya Hospital Pvt.Ltd.

गोदावरी नगरपालिका परिसरमा नगर प्रमुखको खोजी

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ९ बासी असोज ६ गतेदेखी आन्दोलनरत छन् । असोज ६ गते आइतबार वडा नम्बर ९ का अध्यक्ष रामलाल रानालाई खुटिया नदीबाट संकलन भएको राजश्वको २५ देखी ३५ प्रतिशत रकम यहि क्षेत्रमा विनियोजन गर्नुपर्ने सहित विभिन्न पाँच माग राख्दै स्थानीयले ज्ञापन–पत्र बुझाएका थिए । त्यसैदिन नगर प्रमुख, इलाका प्रहरी कार्यालय मालाखेती, धनगढी उप महानगरपालिका,सुदूरपश्चिमको भौतिक पूर्वाधार विकास मन्त्रालय र प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई पनि उनीहरुले ज्ञापन पत्र बुझाएका थिए ।ज्ञापन–पत्रमा उनीहरुले यस क्षेत्रका दैनिक चलनचल्तीमा आउने प्रमुख बाटो (मड्ङ्कट्टी वेला धनगढी जोड्ने सडक यही आर्थिक वर्षमा कालो पत्रे हुनेगरी बजेट रातो कितावमा समावेश गराइनुपर्ने साथै अन्य क्षेत्रका बाटा घाटा पनि कालो पत्रेको लागी समावेश गरिनु पर्ने माग पनि गरेका छन् ।

त्यस्तै कन्ट्रक्सनहरु संचालन गर्दा समाजलाई मध्यनजर गरी कानुनले तोकेको क्षेत्रभित्र राज्यले दिने अनुमती लिएर मात्र सञ्चालनमा ल्याउने व्यवस्था मिलाइ दिनुपर्ने माग पनि पत्रमा समावेश गरीएको छ । यस क्षेत्रको विकासका लागि आएको बजेट प्रत्येक आर्थिक वर्षमा जनतालाई पुर्ण रुपमा वडामार्फत जानकारी हुनेगरी कामको क्षेत्र तोकेको जम्मा बजेट स्पष्ट सम्बन्धीत वडामा आएको रातो किताबवाट आफ्नो वडाको मात्र सूचना निकाली जानकारी हुनुपर्ने तथा अव उप्रान्त विकासका हरेक क्षेत्रलाई प्राथमिकताका साथ रातो किताबमा उल्लेख गर्नुपर्ने सम्झौता हुनुपर्ने उनीहरुले माग गरेका थिए । आफुहरुका माग सम्बोधन नभए थप आन्दोलनमा जाने सोहि दिन नै उनीहरुले बताएका थिए । सोहि दिन मुरकट्टीका भलमन्सा कुत्तुलाल रानाको संयोजकत्वमा संघर्ष समिति पनि गठन गरीएको थियो ।

मुख्यगरी धनगढी–सेहरी सडक निर्माणमा सुदूरपश्चिम प्रदेश सरकार र गोदावरी नगरपालिकाले बजेट नदिएको भन्दै आक्रोशित भएका स्थानीयले माग सुनुवाइ हुने छाँट नदेखेपछी असोज १३ गते वडा नम्बर ९ को कार्यालयमा तालाबन्दी गरे । तालाबन्दी खोल्न वडा अध्यक्षको पहलमा नगर प्रमुखले छलफलमा बोलाउने वडाबासीको अपेक्षा थियो । तर त्यसो भएन । असोज १४ गते पनि नगर प्रमुखलाई भेट्न वडाबासी नगरमै आएका थिए । त्यसदिन भेट नभएपछी उप प्रमुख शारदा देवी रोकाया,प्रमुख प्रशासकिय अधिकृत हरिदत्त भट्ट,प्रवत्ता गोपालदत्त भट्टसंग सामान्य छलफल गरेका थिए । तर कुनै निष्कर्ष ननिस्किएपछी ताल्चा नखोल्ने भन्दै फर्किएका थिए । पटकपटक आउँदासमेत नगर प्रमुख उपस्थित नभएपछी आज फेरी नगर प्रमुखलाई खोज्दै उनीहरु नगर परिसरमा पुगेका थिए। विरोध र्यालीसहित नाराबाजी गर्दै आएका स्थानीयले नगर प्रमुख विरुद्ध समेत चर्को नाराबाजी गरेका छन् ।

Siddi ganesh

विरेन्द्र तेरो पाराले,दुख पाए साराले,हाम्रो भोट फिर्ता गर,हाम्रो माग पुरा गर,हाम्रो बाटो पिच गर,झुटा बोल्न पाइदैन,भागेर हिँड्न पाइदैन भन्ने जस्ता नारा लगाएका थिए । वडा नम्बर ९ का भोलुवा रानाले जनताका मागबाट भागेर नगर प्रमुखले सुख नपाउने बताए । वडा नम्बर ९ बासी शान्तिपुर्णरुपमा आफ्ना माग लिएर पटकपटक आउँदा पनि नगर प्रमुखले चासो नदिएको उनले बताए । माग पुरा नभएसम्म वडा कार्यालयमा लगाइएको ताला नखोल्ने उनको भनाई छ । आफैले भोट दिएर जिताएका नगर प्रमुखले जनताका सामूहिक माग सुन्न छोडेर भागेर गएको स्थानीय निर्मला खडायतले बताईन् ।

‘तपाईलाई यो कुर्चिसम्म हामीले नै पुर्याएका हौँ नगर प्रमुख ज्यु चाहेको खण्डमा तपाईलाई त्यो कुर्चिबाट हटाउन पनि सक्छौँ हामी । जनताका माग सुन्न छोडेर तपाई भाग्ने?उनले भनिन् ।’ माग सुनेर अगाडिको प्रक्रियामा जानुको सट्टा पटकपटक स्थानीय आउँदा पनि नगर प्रमुख पालिका नै छोडेर भागीरहेको उनीहरुको भनाई छ । स्थानीय हेम बहादुर चन्दले नगर प्रमुखले जनतासंग निहु खोजीरहेको आरोप लगाए । नगर प्रमुखले व्यक्तिगतरुपमा आरोप लगाएर आन्दोलन नै भड्काउने कोसिस गरिरहेको चन्दले बताए । असोज १४ गतेसेहरीको सडक भन्दै वर्षेनी बजेट आउने भएपनि गेटा क्षेत्रमै सकिने गरेको उनीहरुको गुनासो छ । अब बजेट विनियोजन गरी सेहरीबाटै कालोपत्रे सुरु गर्नुपर्ने उनीहरुको माग छ ।जनताका जायज माग पुरा नगर प्रमुखले पुरा गर्नुपर्ने उनको भनाई छ । तालाबन्दीका कारण चार दिनदेखि वडा कार्यालयको काम प्रभावित भएको छ ।

Nawadurga
sudur last
Leave A Reply

Your email address will not be published.