अत्तरियामा हुने भनिएको प्रदर्शनी बजार स्थगित

Image

अत्तरिया – कैलालीको अत्तरियामा असोज २२ गतेदेखी कार्तिक १७ गतेसम्म हुने भनिएको सुदूरपश्चिम प्रदेशका उत्पादन वस्तुहरू बिक्री, वितरण, प्रवद्र्धन र प्रदर्शनी बजार स्थगित भएको छ ।

नेपालीहरुको महान् पर्व दशैं–तिहारलाई लक्षित गरेर ‘सुदूरपश्चिमकै लगाउने,सुदूरपश्चिम कै खाने’ उद्देश्यका साथ नेपाल चेम्बर्स अफ कमर्स सुदूरपश्चिम प्रदेश, कैलाली चेम्बर्स अफ कमर्स अत्तरिया र समृद्ध सुदूरपश्चिम अभियानको संयुक्त आयोजनामा बजारको आयोजना गरिएको थियो ।

nisarga

यो पनि अत्तरियामा हुने भनिएको प्रदर्शन बजारको व्यापारीहरु द्वारा विरोध,स्थगित हुने सम्भावना

तर अन्तिम समयमा अत्तरियाका व्यवसायीहरुले आफुहरुको व्यवसायमा असर पर्ने भन्दै विरोध जनाएपछी प्रदर्शनी बजार स्थगित गरिएको आयोजकले विज्ञप्तीमार्फत जानकारी दिएको छ ।

आयाजकले आफुहरुले विभिन्न विकल्प दिँदा पनि अर्को पक्षले नमान्दा स्थगित गर्नुपरेको आयोजकले जनाएको छ । आर्को सूचना जारी नभएसम्मकालागि बजार स्थगित गरिएको आयोजकले जनाएको छ ।

उत्त बजारको असोज २२ गते बिहान साढे दश बजे नेपाल सरकारका उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गर्ने कार्यतालिका रहेको थियो ।

यस्तो छ प्रेस विज्ञप्ति: