कैलालीको गौरीगंगाबाट लागूऔषधसहित दुई युवक पक्राउ

Image
maya metro

अत्तरिया – कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ७ बाट लागूऔषधसहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका वडा नम्बर ८ का २६ वर्षीय रुपेन्द्र कलेल र २७ वर्षीय पदम बहादुर कलेल रहेका छन् ।

उनीहरुको साथबाट २ ग्राम ३५१ मिलिग्राम लागूऔषध (हेरोईन) र नापतौल गर्ने डिजिटल तराजु पनि बरामद भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

nisarga

इलाका प्रहरी कार्यालय मालाखेती मातहत रहेको इलाका प्रहरी कार्यालय मसुरीयाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवैजना माथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।