bhuwaneswari
Attariya Hospital Pvt.Ltd.

अत्तरियाको कृषि बजारमा कोल्ड स्टोर निर्माणको काम सम्पन्न,माघदेखी सञ्चालनमा ल्याइने

padma
milan sunchadi

अत्तरिया – कैलालीको अत्तरियामा कोल्ड स्टोर (चिस्यान केन्द्र) निर्माणको काम सम्पन्न भएको छ । गोदावरी नगरपालिका वडा नम्बर १ स्थीत अत्तरियामा रहेको कृषि उपज थोक बजारमा निर्माण सुरु गरिएको कोल्ड स्टोरको काम गत भदौमा सम्पन्न भइसकेको बजारका अध्यक्ष नन्दलाल भट्टले बताएका छन् । उनका अनुसार कोल्ड स्टोरमा आवश्यक सबै उपकरणहरु जडान भइसकेका छन् । यद्यपी प्रदेश सरकारले समितिलाई हस्तान्तरण भने गरेको छैन ।

कोल्ड स्टोर आगामी माघदेखी सञ्चालनमा ल्याउने तयारी रहेको भट्टले बताएका छन् । अहिले नै सञ्चालनका लागि भण्डारण गर्ने सामग्रीहरु अपुग हुने हुँदा माघदेखी सुन्तला,आलु लगायतका तरकारी र फलफूललाई लक्षित गरि सञ्चालनको तयारी रहेको उनको भनाई छ । ‘कोल्ड स्टोर निर्माणको काम सम्पन्न भइसकेको छ,हिजोआज नै पनि सञ्चालन गर्न मिल्छ तर अहिले हामीसंग भण्डारणका लागि आवश्यक सामग्रीहरु पर्याप्त छैनन्,’उनले भने ‘माघको महिना किसानसंग सुन्तला,आलु लगायतका तरकारी र फलफूल हुन्छन् ।

त्यसैले माघदेखी सञ्चालन गर्ने तयारी गरेका छौँ ।’ अहिले थोरै सामग्रीहरु भण्डारण गरेर सञ्चालन गर्दा विद्युत महसुलको आर्थिक भार समितिलाई मात्रै पर्ने उनको भनाई छ । ३५० मेट्रिक टन क्षमताको उत्त कोल्ड स्टोरको २०७४ सालमा तत्कालीन माओवादी नेता लेखराज भट्टले शिलान्यास गरेका थिए । शिलान्यासको समयमा कोल्ड स्टोरको क्षमता ३५० मेट्रिक टन भनिए पनि भित्र खण्डीकरण गरेर निर्माण गर्दा क्षमता ३२५ मेट्रिक टनमा झरेको अध्यक्ष भट्टले बताए ।

Siddi ganesh

अढाई करोडमा निर्माण भएको कोल्ड स्टोरमा तीनै तहका सरकार र कृषि उपज थोक बजारको पनि लगानि रहेको छ । उत्त कोल्ड स्टोर २०७५ सालमा निर्माण सम्पन्न गर्ने भनि पहिलो ठेक्का भएको भए पनि विभिन्न निर्माण कम्पनीहरुले बाहनामा झण्डै ६ वर्षपछी निर्माण सकेका हुन् ।अत्तरिया क्षेत्रमा कोल्ड स्टोर नहुँदा यहाँका तरकारी उत्पादन गर्ने किसान तथा वयवसायीहरुले वर्षेनी नोक्सानी बेर्होदै आइरहेका छन् ।

कृषि बजारमै अमेरिकी सहयोग नियोग युएसएआइडीको तयार नेपाल नेपाल परियाजनाको आर्थिक सहयोगमा निर्माण गरिएको ५ मेट्रिक टन क्षमताको कोल्ड स्टोर हिजो मात्रै कृषि बजारलाई हस्तान्तरण गरिएको छ । मौसम अनुसार बढी उपलब्धता हुने फलफूल तथा तरकारीहरू कोल्ड स्टोरमा भण्डारण गरी बेमौसममा बिक्री गर्दा बढी मूल्य पाउने हुँदा उत्पादक कृषकहरूलाई बढी फाइदा हुने तथा बजारमा निरन्तर रूपमा उपलब्ध हुन सक्दछ ।

Nawadurga
sudur last
Leave A Reply

Your email address will not be published.