अत्तरिया – कैलालीको अत्तरियामा रहेको इलाका प्रहरी कार्यालय (इप्रका) मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) गंगा बहादुर थापा उत्कृष्ट प्रहरी घोषित भएका छन् ।
६९ औँ प्रहरी दिवसको अवसरमा बुधबार उनलाई उत्कृष्ट घोषित गर्दै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले पुरस्कृत गरेको छ । उनलाई सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले पुरस्कृत गरेका थिए । थापा सम्मानित हुने सुदूरपश्चिमका एक्ला डीएसपी हुन् ।
कुशल कमाण्ड क्षमता भएका थापाले मालाखेती प्रहरीको नेतृत्व गरेपछि अपराध अनुसन्धान, लागूऔषध नियन्त्रण तथा होटलमा हुने यौनजन्य गतिविधिमा निर्मम भएर उल्लेखनीय काम गरेको बताइएको छ ।
सोही कार्यक्रममा थापासँगै १० जना अन्य प्रहरी कर्मचारी पनि सम्मानित भएका थिए ।