कञ्चनपुर – कञ्चनपुरमा सर्पले डसेर एक बालिकाको मृत्यु भएको छ।
जिल्लाको पुनर्वास नगरपालिका–१० विकाश बस्तीकी ९ वर्षीया सानु खडायतको मृत्यु भएको हो।
बुधवार घरमै सुतेको अवस्थामा ती बालिकालाई सर्पले डसेको थियो।
उनको उपचारको क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।