रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी,पक्राउ गर्न सीआईबीको टोली वनस्थली जाँदै

Image
maya metro

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतबाट पक्राउको अनुमति लिइएको कास्की प्रहरी स्रोतले जानकारी दिएको छ।

nisarga

अदालतको अनुमतिपछि लामिछानेलाई काठमाडौँबाट पक्राउ गरी कास्की लैजाने तयारी छ। पोखराको सूर्यदर्शनसमेतका ७ सहकारीबाट ६५ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको अनुसन्धानबाट खुलेको छ।

गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रहेका लामिछानेले जीबी राईसँग मिलेर सहकारीको पैसा अपचलन गरेको संसदीय छानबिन विशेष समितिले निष्कर्ष निकालेको थियो । साेही आधारमा कारबाही सिफारिससमेत गरिएको थियो।

लामिछानेलाई पक्राउ गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली खटिएको छ । लामिछाने अहिले पार्टी कार्यालय वनस्थलीमा छन् ।

पक्राउ पुर्जी जारी भएसँगै ठूलो मात्रामा प्रहरीको टोली वनस्थली पुगेको छ । तर, पक्राउ गर्ने अनुमति बोकेर सीआईबीको टोली वनस्थली जान लागेको हो ।