अत्तरिया – कैलालीका पत्रकारहरुका लागि संसदीय रिपोर्टिङ सम्बन्धि क्षमता अभिवृद्धि प्रशिक्षणको आयोजना गरिएको छ ।
संसदीय मामिला पत्रकार समाज कैलालीले कैलालीकाे चिसापानीमा युएनडीपी संसद सहयाेग परियाेजना संगकाे सहकार्यमा प्रशिक्षणकाे आयोजना गरेकाे हाे ।
भाेलीसम्म चल्ने तालिमकाे सहजीकरण शिव गाउले, हरी बहादुर थापा, कृष्णा पाैडेल, सचितानन्द जाेशी लगायतले गरिरहेका छन् ।
तालिममा कैलालीका २२ जना पत्रकारहरुको सहभागिता रहेको छ ।