
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ अत्तरिया स्थित समता गल्लीमा सरसफाइ गरिएको छ ।
अत्तरिया बसपार्क अगाडिको उक्त गल्लीमा सोमबार स्थानीयले सरसफाइ गरेका हुन ।

गल्लीमा जथाभावि फोहोर फालिएकाले स्थानीयको पनि दायित्व सम्झेर सरसफाइ गरिएको स्थानीय धना चोखालले बताइन् ।
उक्त गल्ली कालोपत्रे नहुँदा स्थानीयले आवतजावतमा सास्ती खेप्नु परेको स्थानीय व्यवसायी एल आर ओझाले बताए ।