अत्तरिया – कैलालीको अत्तरियामा रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले हराएका सुनका गरगहना र नगद रुपैया फेला पारी सम्बन्धितलाई बुझाएको छ ।
आज दिउँसो धनगढी उपमहानगरपलिका वडा नम्बर ५ बस्ने शारदा कठायतको एक लाख उनान्सय हजार रुपियाँ नगद र सुनको तिलहारी १ थान,चन्द्रमा १ थान,कानको रिङ २ थान र नाकमा लगाउने नथीया १ थान समेतको माल–सामान अत्तरिया बसपार्क नजिक हराएको थियो ।
उत्त माल–सामान इलाका प्रहरी कार्यालय मालाखेतीको प्रहरी टोलीले फेला पारेको थियो । उत्त माल–सामान धनीको पहिचान गरि इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक गंगा बहादुर थापाले कठायतलाई बुझाएका हुन् ।