गोदावरी– ८ का वडा सदस्यसहित ९ जना जुवाखालबाट पक्राउ

Image

अत्तरिया – कैलालीको गोदावरीमा जुवाखालबाट ९ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोदावरी नगरपालिका वडा नम्बर ८ का वडा सदस्य चन्द्र बिसी, गोदावरी-४ का नबिन थापा,भबेन्द्र पौडेल, वडा नम्बर ८ सेर बहादुर कामी, नरेश बहादुर कठायत र पुरन थापा रहेका छन् ।

त्यस्तै पक्राउ पर्नेमा गोदावरी ८ कै रोशन भुल, पसल सन्चालक प्रदिप भुल र डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर १० का हरिष कोली रहेका छन् ।

गोदावरी-८ को हरिनगर शिविरस्थीत भुलको पसलमा तास खेलीरहेका उनीहरुलाई एकसट्टी हजार दुई सय तिस रुपियाँ नगदसहित मंगलबार राती १ बजे इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेकाहरु माथी थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।