कञ्चनपुर – कञ्चनपुर प्रहरीले खैरो हेरोइन कारोबारी पक्राउको नयाँ रेकर्ड बनाएको छ । मंगलबार साँझ कञ्चनपुरको पुनर्वास स्थित आईबीआरडीबाट ठूलो मात्रामा लागू औषध कारोबार गरिरहेका दुई जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाका आधारमा कञ्चनपुर स्थित लागूऔषध नियन्त्रण ब्युरो महेन्द्रनगर, इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र अस्थायी प्रहरी पोष्ट आईबीआरडीबाट खटिएको संयुक्त टोलीले ११८ ग्राम ३६० मिलिग्राम खैरो हेरोइन सहित पर्सा घर भई धनगढी अस्थायी ठेगाना बताउने ३० वर्षीय अमित कुमार वर्णवार र कञ्चनपुरको बेलौरी नगरपालिका २ टेडुवा बस्ने ४३ वर्षीया सीतादेवी चौधरीलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।