अत्तरिया – कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ६ मा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४३ रिजर्भ गण हेडक्वार्टर बनबेहडाले बडाभोज (बडाखाना) को आयोजना गरेको छ । गणले गणपती सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीको अध्यक्षतामा बुधबार (आज) बडाभोज कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा बोल्दै गणपती अधिकारीले बडाखाना एक फौजी परम्परा भएको भन्दै र बडाखानाले घरको न्यास्रो मेटाइ ब्यारेकमै आफ्नो घरको अनुभव गराई परिवारका सदस्यझैँ एकआपसमा घनिष्टता पैदा गर्ने बताए । उनले यस कार्य्रकमले अवकासप्राप्त सशस्त्र प्रहरी,बहालवाला सशस्त्र प्रहरी कर्मचारीका परिवार तथा स्थानीय शुभचिन्तकसंग भेट्ने अवसर पनि सिर्जना गर्ने बताए ।
कार्यक्रममा तिहार,छठ तथा नेपाल संम्वतको शुभकामना पनि आदानप्रदान पनि गरिएको थियो । कार्यक्रममा अवकासप्राप्त सशस्त्र प्रहरी तथा बहालवाला सशस्त्र प्रहरी कर्मचारीका परिवार विभिन्न संघ संस्थाका प्रतिनिधि,स्थानीय शुभचिन्तक लगायतको उपस्थिति रहेको थियो ।
सशस्त्र प्रहरी सहायक निरीक्षक डम्मरा कडायतले सञ्चालन गरेको उत्त कार्यक्रममा बडाखाना संगै विविध साँस्कृतिक प्रस्तुतीहरुका साथै घैँटो फोड,म्युजिकल चेयर, लगायतका खेल कार्यक्रमको आयोजना गरिनुका साथै प्रथम स्थान हाँसिल गर्नेलाई पुरस्कार पनि प्रदान गरिएको थियो ।
सशस्त्र प्रहरीले स्थापना कालदेखी नै हरेक वर्ष दसैँ,तिहार तथा छठ पर्वको अवसरमा बडाभोजको आयोजना गर्दै आईरहेको छ ।