अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका प्रवक्ता गोपालदत्त भट्ट मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका छन्। वडा नम्बर १ का वडाअध्यक्ष समेत रहेका भट्ट मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका हुन्।
गोदावरी नगरपालिका–१ बिजौरास्ति सडक खण्डमा दुई मोटरसाइकल एकआपसमा ठोक्दिा उनी घाइते भएका छन्। वडाअध्यक्ष भट्टको हात, खुट्टा र मुखमा चोट लागेको छ। अर्का मोटरसाइकल चालकलाई भने सामान्य चोट लागेको छ। घाइते भट्टको पदमा अस्पताल अत्तरियामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । भट्ट कल्भर्टको अनुगमन गर्नेक्रममा दुर्घटनामा परेका हुन् ।
