अत्तरिया – पत्रकार महासघं कैलालीको नवनिर्वाचित कार्यसमितिलाई कैलाली उद्योग वाणिज्य सघंले बधाई सहित सम्मान गरेको छ ।
आइतबार सुदुरपश्चिम महोत्सवमा निमन्त्रणा गर्दै उद्योग वाणिज्य सघं कैलालीका नवनिर्वाचित अध्यक्ष श्रवण देउवासहित टिमलाई सम्मान गरेको हो । कैलाली उद्योग वाणिज्य सघंका अध्यक्ष पुस्पराज कुँवर तथा महासचिव ओम बिष्ट सहितको टिमले नवनिर्वाचित महासघंको टिमलाई सम्मानपत्र सहित सम्मान गरेको हो ।
मंसिर २८ गते सम्पन्न निर्वाचनबाट पत्रकार महासघं कैलालीको अध्यक्षमा श्रवण देउवा, उपाध्यक्षमा बिराज रोश्यारा, महिला उपाध्यक्षमा भावना जोशी, सचिवमा तेजराज भट्ट, सह सचिव खुलामा शकंर बोहरा तथा समावेशी सह सचिवमा निराजन परियार र कोषाध्यक्षमा सुनिल आउजी निर्वाचित भएका थिए ।
खुला सदस्यमा बालकृष्ण ओझा,कैलाश जोशी, दिनेश बिष्ट, गगन अयडी, रतनलाल चौधरी, वीरेन्द्र शाह, लोकु सिंह ठकुरी र चन्द्र प्रसाद खनाल विजयी भएका थिए । यस्तै महिला सदस्यमा अनिता चौधरी दलित सदस्यमा विवेक कुमार नागरी, आदिवासी जनजाति सदस्यमा सुधराम दहित, अन्य समावेशी सदस्यमा जगत जैगडी र सदस्य टेकसिंह धामी निर्वाचित भएका थिए ।