गोदावरीमा टिपरको ठक्करबाट २ किशोरी घाइते

Image

अत्तरिया – कैलालीको गोदावरीमा टिपरको ठक्करबाट २ जना किशोरी घाइते भएका छन्।

गोदावरी नगरपालिका-१ मा आज बिहान ६ः४५ बजे चालक लम्कीचुहा नगरपालिकाका ३५ वर्षीय समिर चौधरीले चलाएको ना १ ख २७४ नम्बरको टिपरको ठक्करबाट साइकलमा सवार रहेका दुई किशोरी घाइते भएका हुन्।

घाइते हुनेमा गोदावरी नगरपालिका-१ बस्ने १६ वर्षीया सिता बुढा र बाटु नेपाली रहेका छन्। घाइते दुबै जना किशोरीको अत्तरिया अस्पताल अत्तरियामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

टिपर इलाका प्रहरी कार्यालय मालाखेतीको नियन्त्रणमा रहेको छ भने चालक फरार रहेका छन्। फरार रहेका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।