एमाले गोदावरीद्वारा अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्षको राजीनामा माग

Image

अत्तरिया – नेकपा एमाले गोदावरी नगर कमिटिले अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्षको राजीनामा माग गरेको छ ।

उद्योग वाणिज्य संघको जारी विवाद समाधानको लागि अध्यक्ष कल्याण सिंह बोहराको राजीनामा माग गरेको हो ।

नगर कमिटी अध्यक्ष सन्तोष सिंह बिहिबार एक प्रेस विज्ञप्ती जारी गर्दै अहिले देखिएको विवाद समाधानको लागि अध्यक्षले राजीनामा दिएर मार्ग प्रसस्त गर्नुपर्ने बताएका छन् ।

साथै संघमा देखिएकोविवाद समाधानको लागि दबाब दिन नैन सिंह कार्कीको संयोजकत्वमा ७ सदस्यीय समिति समेत एमालेले बनाएको छ ।