गोदावरी नगरपालिकाद्वारा अत्तरिया बजारमा दाउरा वितरण

Image
oplus_0

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले अत्तरिया बजारमा दाउरा वितरण गरेको छ । चिसो बढेसँगै नगरपालिकाले दाउरा वितरण गरेको हो।

नगरप्रमुख विरेन्द्र भट्टका अनुसार चिसोका कारण व्यापार व्यवसाय र यात्रुहरू प्रभावित भएकाले दाउरा वितरणले राहत दिने अपेक्षा गरिएको छ।

दुई दिनदेखि तराईका जिल्ला कैलाली र कञ्चनपुरमा घाम लाग्न सकेको छैन ।