धनगढी – कैलालीमा करीब चार लाखकाे अवैध सामान बरामद गरिएको छ ।
शनिबार जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयबाट खटिएको टोलीले तीन लाख ८६ हजारकाे अवैध सामान बरामद गरेको प्रहरीले जनाएको छ ।
कैलारी गाउँपालिका- ४ काे के गाउँबाट अन्दाजी दुई लाख एक हजार बराबरको छिद्रा माछा, किरानाका सामाना र सुर्तिजन्य पदार्थ बरामद गरिएको छ ।
यस्तै, धनगढी उपपमहानगरपालिका-९
त्रिवेणीघाट र धनगढीगाउँबाट अन्दाजी एक लाख २२ हजार ५८० बराबरको किरानाका सामान, फलामको साङल र पाउडर दुध बरामद गरिएको छ भने जोशीपपुर गाउँपालिका- १ बाट अन्दाजी २० हजार बराबरको छिद्रा माछा, जुत्ता, चप्पल र मोजा बरामद गरिएकाे छ ।
बरामद सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय पठाइनेछ ।