कैलालीमा ७ ग्राम खैराे हेराेईनसहित युवक पक्राउ

Image

धनगढी – कैलालीमा ७ ग्राम खैराे हेराेईनसहित प्रहरीले युवकलाई पक्राउ गरेकाे छ ।

टिकापुर नगरपालिका- ९ बालुवाटारमा जानकी गाउँपालिका- ९ पुर्व खैरीफाँटा बस्ने २० वर्षीय निरज जैसीलाई ७ ग्राम २६० मिलिग्राम लागुऔषध खैराे हेरोईनसहित पक्राउ गरिएकाे प्रहरीले जनाएको छ ।

जैशीले चलाएकाे से ६ प ९०६३ नम्बरको मोटरसाईकललाई शंकाका आधारमा चेकजाँच गर्दा पछाडीको दुवै ईन्डिकेटर भित्र लुकाईछिपाई राखेको अवस्था खैराे हेराेईन बरामद गरिएको प्रहरीकाे भनाइ छ ।

जैसीलाई ईलाका प्रहरी कार्यालय टिकापुरले नियन्त्रणमा राखेर अनुसन्धान गरिरहेकाे छ ।