कैलालीमा जंगली जनावर मार्न थापेकाे धरापमा युवक परेको घटनामा चार जना पक्राउ

Image
फाईल फोटो

धनगढी – कैलालीमा जंगली जनावर मार्न थापेकाे धरापमा युवक परेको घटनामा चार जना पक्राउ परेका छन् ।

गाैरीगंगा नगरपालिका-१ काे माैवारि सामुदायिक वनमा विद्युतीय तार विछायाएर थापिएकाे धरापमा परेर गत भदौमा साेही ठाउँ बस्ने २० वर्षीय आदित्य चाैधरी घाइते भएका थिए ।

उक्त घटनामा गाैरीगंगा नगरपालिका-३ बस्ने ३५ वर्षीय धनीराम चाैधरी, ४० वर्षीय शनिराम चाैधरी, ३२ वर्षीय बाबुराम चाैधरी र २६ वर्षीय बिनु चाैधरीलाई पक्राउ गरिएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बाेहराले जानकारी दिए ।

उनीहरूविरूद्व ज्यान मार्ने उद्योग शिर्षकमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको बाेहराले बताए । धरापमा परेर घाइते भएका चाैधरी भने उपचारपछि घर फर्किसकेका छन् ।