गोदावरीबाट लागूऔषधसहित १ जना पक्राउ

Image

अत्तरिया – कैलालीको गोदावरीबाट लागूऔषधसहित १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ४ बस्ने ३४ वर्षीय नरेश साउँद रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

शनिबार इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले  साउँंदलाई गोदावरी -२ स्थित तेघरीबाट पक्राउ गरेको हो ।

उनको साथबाट  ११० मिलिग्राम लागू औषध (हेरोईन) बरामद गरिएको र उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।