
अत्तरिया – कैलालीको गोदावरी र गौरीगंगाबाट साढे चार किलो चरेशसहित दुई जना पक्राउ परेका छन् ।
बझाङ केदारस्युँ गाउँपालिका-७ बस्ने ४७ वर्षीय धोडे धामी र गौरीगंगा नगरपालिका-८ बडैपुरकी ५३ वर्षीय बेलमती देबी बोहरा रहेका छन् ।

इलाका प्रहरी कार्यालय मालाखेतीबाट डिएसपी गंगा बहादुर थापाको कमाण्डमा खटिएको प्रहरी टोली र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले आज शुक्रबार दिउँसो उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले धामीलाई गोदावरी-३ मालाखेतीबाट २ किलोग्राम ८६० ग्रामसहित र बोहराले गौरीगंगाको बडैपुरमा सञ्चालन गरेको होटलबाट १ किलोग्राम ६६५ ग्राम लागूऔषध चरेशसहित पक्राउ गरेको हो ।
उनीहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
















