
अत्तरिया – कैलालीको गोदावरीमा अखिल नेपाल किसान महासंघको नगर स्तरीय कमिटि गठन गरिएको छ ।
एमाले गोदावरीको पार्टी कार्यालय वनखेतमा आज बसेको प्रथम भेलाले पासाङ तामाङको अध्यक्षतामा ११ सदस्यीय कमिटि चयन गरेको हो ।

कमिटिको उपाध्यक्षमा राजकुमारी चौधरी र सुन्दरलाल चौधरी चयन भएका छन् । त्यस्तै सचिवमा पाल बिक र कोषाध्यक्षमा धन बहादुर बिक चयन भएका छन् ।
यस्तै सदस्यहरुमा सरस्वती नेपाली, पल लुहार, टिकाराम चौधरी, विजय नेपाली र भरत बिक चयन भएका छन् ।