कान्द्रा नदीमा एक युवक मृत फेला

Image

अत्तरिया – कैलालीको कान्द्रा नदीमा एक युवक मृत फेला परेका छन।

जिल्लाको घोडाघोडी नगरपालिका–९ शिखरझालास्थित कान्द्रा नदीमा टीकापुर टोलका २८ वर्षीय दिपु बुढा मृत फेला परेका हुन।

परिवारले २ दिनपछि नदीमा मृत फेला परेको भन्दै प्रहरीमा जानकारी गराएका थिए।

प्रहरीले नदीमा डुबेको अवस्थामा बुढाको शव निकालेको हो। प्रहरीका अनुसार उनी मृगी रोगबाट पीडित रहेका थिए।