अत्तरिया – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कैलालीको अत्तरियादेखी धनगढीसम्म वृहत मोटरसाइकल ¥याली निकालकोे छ ।
आज (मंगलबार) राष्ट्रवादी युवा समुह र राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय झण्डासहितको वृहत ¥याली निकालेको हो । ¥यालीमा सहभागीहरुले प्रदेश संरचना खारेज गर , हिन्दु राज्य कायम गर जस्ता नाराहरु लगाएका थिए ।

र्याली धनगढी पुगेर कोण सभामा परिणत भएको छ । र्याली पछिको कोण सभालाई सांसद धबल सम्शेर राणाले सम्बोधन गर्दै छन् ।
प्रदेश संरचना खारेज , राज संस्था सहितको हिन्दु राज्य पुनःस्थापन र भ्रष्टाचार विरुद्ध दबाब दिने उदेश्यले र्यालीको आयोजना गरिएको राप्रपाले जनाएकोे छ ।