अत्तरिया खानेपानीका अध्यक्ष टीकादत्त जोशीको निधन

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर-२ मा रहेको अत्तरिया साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष टीकादत्त जोशीको निधन भएको छ ।

निमोनियाको समस्याले बिहिबार सेती प्रादेशिक अस्पताल भर्ना भएका जोशीको राती साढे १२ बजे निधन भएको हो ।

nisarga

गोदावरी नगरपालिका वडा नम्बर-४ निवासी जोशी नेपाली कांग्रेसको राजनितिमा सक्रिय रहनुका साथै अत्तरिया वन उपभोक्ता राष्ट्रिय महासंघका महासचिव,साना सहरी खानेपानी तथा सरसफाई राष्ट्रिय महासंघका केन्द्रिय सदस्य,अत्तरिया सामुदायिक सिकाई केन्द्रका निवर्तमान अध्यक्ष रहेका थिए ।

६९ वर्षीय जोशी अत्तरियाका विभिन्न सामाजिक संस्थाहरुमा सल्लाहकारको भूमिकामा समेत थिए । जोशीको असामहिक निधनले समाजमा अपुरणीय क्षति भएको भन्दै अत्तरिया क्षेत्रमा सामाजिक व्यक्तिहरुले सामाजिक सञ्जालमा दुख व्यक्त गरिरहेका छन् ।