गोदावरीबाट पाँच लाख छ हजार बराबरको भन्सार छलीको सामान बरामद

Image

अत्तरिया – कैलालीको गोदावरीबाट पाँच लाख छ हजार बराबरको भन्सार छलीको सामान बरामद गरिएको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक गंगा बहादुर थापाको कमाण्डमा खटिएको टोलीले श्रींगारका सामान, कस्मेटीक सामान, बच्चाका खेलौनाहरू, महिलाले प्रयोग गर्ने झोला, मिस्रि, रातो,पहेलो रङ, आदि सर–सामानहरू बरामद गरेको हो ।

nisarga

गोदावरी नगरपालिका वडा नम्बर ४ गोदावरी वडा नम्बर २ बषपार्क स्थित सडक खण्डबाट बरामद गरिएका उक्त सामान त्रीनगर भन्सार कार्यालय कैलाली पठाईएको प्रहरीले जनाएको छ ।